कलैया । २०८० मङ्सिर २९ गते मध्ये राति (२३:०५ बजे)को समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहतकाे प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी लोड गरेको २५०० किलो प्याज बरामद गरेकाे छ ।
प्रहरीका अनुसार, स्रोत खुलाउन नसकेको १ लाख २५ हजार रूपैयाँ बराबरको प्याज सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएकोजिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।



