🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनजस्तो देखिने धातुसहित दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका-२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् । 

उक्त चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा.प्र ०३-००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रासलेट ९ थान र ना.५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।