🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५ बुँदे माग राख्दै मोर्चाको आन्दोलनमा जाने चेतावनी 

काठमाडौं । १५ बुँदे माग अघि सार्दै सोभाराज थापा नेतृत्वको राष्ट्रिय जनसंघर्ष मोर्चा नेपाल संघर्षका कार्यक्रम थाल्ने चेतावनी दिएको छ । 

संवैधानिक राजतन्त्र, संघीयता खारेजी, धार्मिक सापेक्ष राष्ट्र, स्वतन्त्र परराष्ट्र नीति, असमान सन्धि सम्झौता खारेजी, सुलभ शिक्षा, रोजगारीको ग्यारेन्टी लगायतका माग अघि सारेको हो । 

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै मोर्चाले मुलुक भ्रष्ट प्रणालीतर्फ अघि बढिरहेकाले परिवर्तनका लागि प्रजातन्त्रवादी र राष्ट्रवादी शक्ति एक भएर संघर्षमा जानुपर्ने जनाएको छ ।  

पत्रकार सम्मेलनमा अध्यक्ष थापा, हरिबोल भट्टराई, एसके तिमिल्सिना, श्याम थापा, उषादेवी तामाङ, जेएन घिमिरे, ईश्वरीप्रसाद भट्टराईलगायतले आफ्नो धारणा राखेका थिए ।