🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

मोरङ, २० मङ्सिर । विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । 

    
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका जलेको अवस्थामा एउटा शव घटनास्थलमा भेटिएको छ ।

    
विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान र सोही स्थान बस्ने ६० वर्षीया रिता सदरदार गम्भीर घाइते भएका छन् । विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएका छन् ।

    
विराटनगरकासहित छ वटा बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

घाइतेहरुको न्यूरो अस्पताल र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीका कारण एवं क्षति विवरण तत्काल थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।–––

(तस्बिरमा विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार लागेको आगलागी । तस्बिरः मनोज दाहाल / रासस)