🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

न्यायाधीश नियुक्ति : कसैलाई फाप, कसैलाई अन्याय !

 

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषदले सिफारिस गरेका ६ जनामध्येबाट टेकप्रसाद ढुंगाना भावी प्रधान न्यायाधीश बन्न सक्ने संभावना बढेको न्याय क्षेत्रमा चर्चा चल्न थालेको छ । पूर्व सचिवसमेत रहेका ढुंगानालाई समग्र न्यायपालिकाको नेतृत्व गर्ने अवसर दिनका लागि उच्च अदालतको मुख्य न्यायाधीशको १५औँ वरीयताबाट चौथोमा उकालिदै सर्वाेच्च अदालतको न्यायाधीश नियुक्तिमा सिफारिस गरिएको थियो । उच्च अदालतको मुख्य न्यायाधीशको पहिलो वरीयतामा रहेका हालका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौलालाई सर्वोच्च अदालत प्रवेश गर्ने अवसरबाट वञ्चित गरिएको छ ।

यस्तै, वरीयताक्रममा अगाडि रहेका रत्नबहादुर बागचन्द, सत्यमोहन जोशी थारु, माधवप्रसाद पोखरेललगायतलाई पनि ढुंगानाले दौडमा उछिनेका छन । ढुंगाना कानूनको सहसचिव छँदा संविधानसभाको कानूनी सल्लाहकार भएर पनि कार्य सम्पादन गरेका थिए । त्यसपछि उनी कानून सचिव हुँदै २०७३ पुस २९ गते उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् । सर्वाेच्च अदालतको न्यायाधीश सिफारिस हुनुअघिसम्म ढुंगाना उच्च अदालत पाटनमा कार्यरत रहेका थिए । उनले एलएलएम र एमपीएसम्मको अध्ययन गरेको न्यायपरिषदको अभिलेखमा उल्लेख रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको गृह जिल्ला स्याङ्जा निवासी ढुंगानाको एमालेलगायत प्रायजसो  प्रमुख राजनीतिक दलका नेताहरूसँग राम्रो र मैत्रीपूर्ण निकट सम्बन्ध रहेको बताइन्छ । संविधानसभाको सल्लाहकार हुँदा उनले सबै दलका नेताहरूसँग राम्रो उठबस गर्ने अवसर पाएको बताइन्छ । साथै, हालको संविधान निर्माणका हरेक घटनाक्रमसँग पनि उनी जोडिएका छन् । हरेक सम्वाद र छलफलमा उनी सहभागी भएका थिए । यही लाभको फाइदा उठाउदै ढुंगाना भावी प्रधान न्यायाधीश हुने गरी सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिस भएको स्रोतको भनाई रहेको छ ।

समाचार स्रोतका अनुसार, ढुंगाना  २०९३ असार ९ गतेबाट नेपालको ३७औँ प्रधान न्यायाधीश बन्न सक्ने हैसियतमा रहेका छन् । त्यसपछि पुस ५ गतेसम्म करिब ७ महिना प्रधान न्यायाधीश पदमा बहाल रहन सक्ने संकेत देखिएको छ । ३६औँ प्रधान न्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी २०९३ असार ८ गते अवकाश हुनेछन् । त्यसपछि ढुंगानाको प्रधान न्यायाधीश बन्ने पालो आउने संभावना रहेको देखिन्छ । सर्वाेच्चमा भावी प्रधान न्यायाधीशको हुनेछ भन्ने कुराको रोलक्रम न्यायाधीश नियुक्तिदेखि तोकिइसकेको जानकार स्रोत बताउँछ ।

उक्त समाचार स्रोतका अनुसार, हालका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकापछि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र नहकुल सुवेदी क्रमशः प्रधान न्यायाधीश बन्ने भएका छन । वरीयतामा सबैभन्दा अगाडि रहेपनि सर्वोच्चको न्यायाधीश हुनबाट तत्काल वञ्चित गरिएका उच्च अदालतका मुख्य न्यायाधीश निरौलालाई सान्त्वना स्वरूप उच्च अदालत पाटनमा ढुंगानाकै रिक्त स्थानमा सरुवा गरिएको छ । उनी यसअघि उच्च अदालत दीपायलमा कार्यरत रहेका थिए ।

उनको कार्यक्षमतामा कुनै विवाद र प्रश्न भने उठेको थिएन । निरौला उच्च अदालतको न्यायाधीश हुनु अघि न्यायपरिषदको सचिव र सर्वाेच्च अदालतको मुख्यरजिष्ट्रार भएर कार्य गरी सकेका थिए । न्याय परिषद सचिव हँदा उनले विवादास्पद प्रधान न्यायाधीश गोपाल पराजुलीको बहिर्गनमा निर्णायक भुमिका निर्वाह गरेका थिए । त्यही समय देखि निरौला कांग्रेस निकट एउटा समूहको निशानामा परेको बताइन्छ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उनलाई २०७७ माघ १२ गते उच्च अदालतको मुख्यन्यायाधीश नियुक्त गरिएको थियो । सर्वोच्चमा कांग्रेस र एमालेबाट एक–एक जना न्यायाधीश, माओवादी केन्द्रको कोटा रिक्त रहेको छ । 

 गएको हप्ता ६ जना न्यायाधीश सिफारिस गरिएको छ । हाल महान्यायाधिवक्ता रहेका दिनमणि पोखरेललाई कनिष्ठ भनेर प्रधान न्यायाधीश श्रेष्ठ र वरिष्ठ न्यायाधीश ईश्वर प्रसाद खतिवडाले नाम सिफारिस गर्न नमान्दा माओवादी केन्द्रको कोटा भने खाली हुन पुगेको बताइएको छ । यद्यपि, माओवादी कोटामा बिचमा अर्को उम्मेदवार आएन भने निरौलाको पनि करिब एक महिना प्रधान न्यायाधीश बन्ने सम्भावना जीवितै रहेको न्याय क्षेत्रमा चर्चा चल्दै आएको छ ।

न्याय परिषदको अभिलेखअनुसार मुख्यन्यायाधीश निरौलाको जन्म २०२८ माघ २५ गते रहेको छ । उनलाई सर्वोच्चमा ल्याउनुअघि उनी भन्दा कम उमेरका व्यक्तिलाई नियुक्त गरिएन भने ढुंगानापछि उनको प्रधान न्यायाधीश हुने पालो आउने संभावना पनि उत्तिकै रहेको बताइन्छ । ढुंगानाले २०९३ पुस ५ गते अवकाश पाउनेछन् । त्यसपछिको एक महिना अर्थात् २०९३ माघ २४ गतेसम्म निरौलाले मुलुकको न्यायपालिकाको नेतृत्व गर्ने अवसर प्राप्त गर्नसक्ने न्याय क्षेत्रमा चर्चा हुने गरेको छ । (साँघु साप्ताहिक, २०८० मंसिर १८)