🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेले आठ जिल्लामा ३६ चुनावी कमान्डर खटायो

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आगामी २०७४ असोज २ गतेका लागि नेकपा एमालेले ८ जिल्लामा केन्द्रीय कमाण्डर तोकेको छ । । निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला एमाले पार्टीको सिंगो नेतृत्व मूलतः प्रदेश नं. २ का ८ वटा जिल्लाहरु : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ ३० गते जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायतका चुनावी सभाहरु र कार्यक्रमहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले बताएको छ । एमालेका वरिष्ठ नेता झलनाथ खनालको भदौ ३० गते बाराका विभिन्न स्थानीय तहका कार्यक्रमहरुमा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी नेता माधवकुमार नेपाल प्रदेश नं. २ का विभिन्न जिल्लाहरुमा सक्रिय रहेका छन् । आफ्नो गृहजिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीलगायतका जिल्लाका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारहरुसँग घरदैलो पनि गरिरहेका छन् । उनले भदौ ३० गते सिरहाको गोलबजार नगरपालिकालगायतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी उपाध्यक्ष वामदेव गौतम र भीम रावल पनि प्रदेश नम्बर २ का विभिन्न जिल्लाका चुनावी कार्यक्रमहरुमा सरिक र सक्रिय रहेको एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताएका छन् । पार्टी महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रमहरुमा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी रहेको बताइएको छ । महासचिव पोखरेल भदौ ३० गते सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित रहनेछन् । पार्टी सचिव प्रदीप ज्ञवाली भदौ २८ देखि सप्तरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै भदौ २९ गतेदेखि सिरहामा केन्द्रित भएको खबर छ । पार्टी सचिव भीम आचार्य मूलतः सप्तरीमा केन्द्रित रहेको बताइन्छ । पार्टी सचिव गोकर्ण विष्ट भदौ ३० गते सर्लाहीका विभिन्न कार्यक्रमहरुमा पुग्ने कार्यक्रम रहेको छ ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै भदौ ३० गते सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको बताइन्छ । प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डल एक महिनादेखि मधेसमै सक्रिय रहेका छन् । गृहजिल्ला सप्तरी रहेको हुनाले नेता मण्डलले त्यहीँका चुनावी अभियानमा नेतृत्व प्रदान गरिरहेका छन् । प्रदेश नं. २ का सहसंयोजक नागेन्द्र चौधरी विशेषगरी गृहजिल्ला पर्सा र बाराका चुनावी गतिविधिहरुमा सक्रिय रहेका छन् ।

विभिन्न ८ वटा जिल्लामा पार्टी नेताहरुमा निम्नानुसार खटिएको एमालेले जानकारी गराएको छ : सर्लाही, माधवकुमार नेपाल बारा वामदेव गौतम वलवीरप्रसाद चौधरी दिनेश राई । महोत्तरी, ईश्वर पोखरेल, योगेश भट्टराई, रामदयाल मण्डल र सरोज यादव । सिरहा, प्रदीप ज्ञवाली, लीलानाथ श्रेष्ठ, ममता गिरी, रामचन्द्र यादव, धर्मनाथप्रसाद साह र गंगा यादव । सप्तरी भीम आचार्य, सत्यनारायण मण्डल, रामप्रित पासवान, शान्ता चौधरी र सुमन प्याकुरेल । धनुषा, शत्रुघन महतो, रघुवीर महासेठ, श्रीप्रसाद शाह, यदुवंश झा, रत्नेश्वरलाल गोइत, जुलीकुमारी महतो र सुधीर साह । पर्सा, नागेन्द्र चौधरी, र रामचन्द्र साह । सर्लाही, लालबाबु पडित, लक्ष्मण पौडेल, रविन्द्र बैठा, कमलादेवी महतो । रौतहट, डा. वंशीधर मिश्र, कल्याणी खड्का, सरला यादव र मेटमणि चौधरी खटिएका छन् ।