🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूहले छाड्यो हतियार, सम्झौता पछि अब शान्ति प्रकियामा

नयाँदिल्ली । मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्यागेर मूलधारमा समाहित भएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहका अनुसार मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको हो। उनका अनुसार युएनएलएफसँग भारत सरकारले शान्ति सम्झौतासमेत गरेको छ ।

गृहमन्त्रीले  शाहले भने, ‘मणिपुरको सबैभन्दा पुरानो उपत्यकामा आधारित सशस्त्र समूह यूएनएलएफ हिंसा त्याग्न र मूलधारमा सामेल हुन सहमत भएको छ । म उहाँलाई लोकतान्त्रिक प्रक्रियामा स्वागत गर्दछु र उनीहरूको शान्ति र प्रगतिको यात्रामा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘आज भारत सरकार र मणिपुर सरकारद्वारा यूएनएलएफसँग भएको शान्ति सम्झौताले ६ दशक लामो सशस्त्र आन्दोलनको अन्त्य भएको संकेत गर्दछ,' अर्को  सामाजिक सञ्जालकाे पोष्टमा गृहमन्त्रीले शाहले भने, 'यो प्रधानमन्त्री नरेन्द्र मोदीको समावेशी विकासको दृष्टिकोणलाई साकार पार्न र उत्तर पूर्वी भारतका युवाहरूलाई राम्रो भविष्य प्रदान गर्ने दिशामा ऐतिहासिक उपलब्धि हो ।’

गृह मन्त्रालयले धेरै अन्य चरमपन्थी संगठनहरू मणिपुरको सबैभन्दा पुरानो सशस्त्र समूह यूएनएलएफलाई प्रतिबन्ध लगाएको थियो । एचटी रिपोर्टका अनुसार प्रतिबन्ध लगाएको केही दिनपछि यो शान्ति सम्झौता भएको थियो । 

मणिपुरमा सुरक्षा बल, प्रहरी र नागरिकमाथि आक्रमण र हत्याका साथै भारतको सार्वभौमसत्ता र अखण्डतामा प्रतिकूल असर पार्ने गतिविधिमा संगठन संलग्न रहेको महसुस गरेपछि केन्द्रले यो निर्णय गरेको हो । यूएनएलएफ मणिपुरको सबैभन्दा पुरानो मैतइ विद्रोही समूह हो, जुन नोभेम्बर २४, १९६४ मा गठन भएको थियो ।