🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मगरले खेती गर्न छाडेकामा उपसभामुख चिन्तित

काठमाडौं । उप–सभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छन् । 

शुक्रबार काठमाडौंमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उनले बालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक, सामाजिक, सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताईन् । उनले बालबालिकालाई भाषा, धर्म, संस्कार, संस्कृति सबै कुराबारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यसकुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन् । 

उपसभामुख रानाले भनिन्, ‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन् ती हाम्रा भविष्यका पुस्तालाई विर्सियौं भने राम्रो हुँदैन । त्यसैले हाम्रा भाषा, धर्म, संस्कार र संस्कृतिबारे साना बालबालिकालाई सिकाउनुपर्छ । आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ ।’ उनले मगर समुदायले अर्गानिक खेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन । 

‘मगर समुदायमा पहिला कन्दमूल जस्ता अर्गानिक चिजहरुमात्र खाने प्रचलन थियो । अब त मगरहरुले खेती नै गर्न छाडिसके । केमिकलको लागि बजेट छुट्याउनुभन्दा हामीले जहाँ मगर गाउँ धेरै छ, त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ । जब खानै राम्रो खाएका छैनौँ र सफा पानी पिएका छैनौँ भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’ रानाले भनिन् ।