🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धनगढीबाट बैंक ह्याक गर्ने गिरोह पक्राउ

धनगढी, ६ मंसिर । धनगढीबाट बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरी बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।

प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।