🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सचिव दुवाडीले कसरी मारे बाजी ?

काठमाडौं । विगत डेढ वर्षदेखि सुदूर पश्चिम प्रदेशको प्रमुख सचिव रहँदै आएका नारायण प्रसाद शर्मा दुवाडी नजानिंदो ढंगले वाणिज्य सचिवमा सरूवा भएर बाजी मार्न सफल भएका छन्। वडादसैँलगत्तै वरिष्ठ सहसचिवहरू राधिका अर्याल र विश्वबाबु पुडासैनी सचिवमा बढुवा र पदस्थापना भएसँगै दुवाडी वाणिज्य सचिवमा सरूवा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थन्क्याइएका केही शक्तिशाली भनिने सचिवहरु भने आश्चर्य चकित हुन पुगेकोचर्चा छ। सचिव दुवाडीले कसरी वाणिज्य सचिवमा सरुवा मिलाएर जम्प हाने भन्ने खुल्दुली प्रधानमन्त्री कार्यालयमा परेको स्रोतले बतायो ।

सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव हुँदा दुवाडीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा र कैलालीमा सम्माजनक रुपमा बजेट पारेको र कर्मचारीहरूको सरूवामा पनि उनको सिफारिस अनुसार सरूवा गरेर खुशी तुल्याउँदै आएको स्रोतले बताएको छ ।

पुरस्कार स्वरूप दुवाडीलाई वाणिज्य मन्त्रालयमा सरूवा गरिएको बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तात्कालीन प्रशासन महाशाखा प्रमुख रहेकासहसचिव मदन कुमार दाहाललाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारीमा खटाएको थियो ।

दाहालपछि प्रधानमन्त्री कार्यालयको उक्त महाशाखा प्रमुखकोजिम्मेवारीमा सहसचिव नारायण प्रसाद भट्टलाई ल्याइएको थियो । विगत ११ महिनादेखि महाशाखा प्रमुख भएर बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्दै आएका उनै भट्टले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र मुख्यसचिव डा. वैकुण्ठ अर्याल तिनैतिर भनसुन र आग्रहर गरेरआफ्नैबहिनी ज्वाइँ दुवाडीलाई वाणिज्य सचिवमा सरूवा गराउन सफल भएको उच्च प्रशासनिक स्रोतले जानकारी दिएको छ ।

(साँघु साप्ताहिक, २०८० मंसिर ४)