🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

इजरायली सेना गाजाको अस्पतालमा छिरे पछि टर्कीका राष्ट्रपति आक्रोशित

इस्तानबुल । गाजाको अस्पतालमा इजरायली सेनाको हस्तक्षेप प्रति टर्की क्षुब्द भएको छ । इजरायली हमलाको सम्बन्धमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले जसरी सर्वसाधारणलाई निशाना बनाउँदै छ, त्यो सबै ‘तोराह’मा लेखिएको छैन भन्ने कुरा जान्नुपर्ने बताएका छन्। 

टोरा यहूदी धर्ममा मानिने हिब्रू बाइबलको पहिलो पाँच पुस्तकहरूको संकलन हो। यहूदीहरू बाहेक यो पुस्तक इसाईहरूले पनि मान्छन्, यद्यपि तोराह इस्लामको धार्मिक पुस्तक कुरानमा पनि उल्लेख गरिएको छ।

एर्दोगानले भने, ‘प्रार्थनामा आक्रमण गरियो, गिर्जाघरलाई निशाना बनाइयो तर अस्पतालमा गोली हानेर, बालबालिकालाई मार्ने कुरा टोरामा सिकाइएको छैन। तपाई (इजरायल) यो गर्न सक्नुहुन्न।’ 

इजरायली सेना अल शिफा अस्पतालमा प्रवेश गरेको र अस्पतालमा हमासको मुख्यालय फेला पारेको दाबी गरिरहेको बेला राष्ट्रपति एर्दोगानको यो बयान आएको हो ।