काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित एक यूवकलाई प्रक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–७ घर भएका २२ वर्षीय उज्वल तामाङ रहेका छन् ।
उनलाई तार्केश्वर नगरपालिका–९ स्थित सडकबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २ सय मिलिग्राम र नगद ४ हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनलाई लागूऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




