🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । 

इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् । 
मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ।

विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको  छ।

अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।