🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१६ वर्षीया किशोरी  बलात्कारीको  आरोपमा  पक्राउ

कञ्चनपुर, १८ भदौ (रासस) : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

अभियुक्त खड्कालाई बेलडाँडी क्षेत्रबाटै आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए  । 

शनिबार किशोरी बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले मानबहादुर विष्टलाई पक्राउ गरेको थियो । भदौ १५ गते शुक्रबार राति घरमा पूजा भइरहेका बेला मोटरसाइकलमा लगी किशोरीलाई बलात्कार गरिएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । 
–––