🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गायिका आस्था राउतको ‘लै बरी लै’ सार्वजनिक(भिडियाे सहित)

काठमाडाैं, २८ असाेज । गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ । घटस्थापनाको साइत पारेर सार्वजनिक गरिएको गीत गायिका आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सावित्री राउतको शब्द र सुरेश अधिकारीको संगीत छ भने किशोर थापाको मिक्सिङ र मास्तरिङ छ ।

गायिका आस्थाले ‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्थाले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् ।

गीतको भिडियोमा आस्था राउत, राज कटुवाल, मिहाङ र प्रवेशको अभिनय छ । भिडियोमा उपाशना शाक्य, कृतिका बराल, कञ्चन श्रेष्ठ, रिया सुन्दासलाई पनि देख्न सकिन्छ । गीतले छोटो जिन्दगीमा रामरमाइलो गर्नुपर्ने सन्देश दिन्छ ।

गायिका आस्थाले गीतको भाव र चाडपर्वको मौसम एकै भएकाले गीतले दर्शकको साथ पाउने विश्वास व्यक्त गरेकी छिन् । यो गीत मात्र नभएर मेरा प्यारा दर्शकलाई सन्देश पनि हो,’ आस्थाको भनाइ छ ।

उनको नृत्य कौशलले उनी गीत र नृत्य बराबरी गर्न सक्ने पक्का परफर्मर भएको सन्देश दिन सफल भएकी छिन् ।

किरण थापा निर्देशित भिडियोमा झोलेइज्मको छायांकन, सम्पादन र भिजुअल इफेक्ट, किरन थापाको कोरियोग्राफी, रमा विश्वर्काको सहायक कोरियोग्राफी, प्रज्वल थापा मगरको सहायक छायांकन छ ।

भिडियाे