🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

११ घण्टादेखि बन्द अन्तर्राष्ट्रिय विमानस्थल बल्ल सुचारु

काठमाडौँ, १७ भदौ  : यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको जेट स्ट्रिम विमान गए राति अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको थियो । शनिबार राति ८ः३० बजे भएको उक्त घटनापछि विमानस्थल अवरुद्ध थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएन । 

घाँसे मैदानमा धस्सिएको विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सका प्राविधिकलगायतको टोलीले तानेर रनवेतर्फ लगिसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

अवरुद्ध विमानस्थल अबको आधा घण्टामा पुनः सञ्चालनमा आउने विमानस्थलका प्रमुख एयर ट्राफिक कन्ट्रोलर अफिसर सीताराम भण्डारीले जानकारी दिए  । विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो । 

भर्खरै प्राप्त खबर अनुसार १२ घण्टापछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। 
–––