🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, तीनजना पक्राउ

विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । मादक पदार्थ सेवन गरेका युवकहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले खाँदवारी नगरपालिका–१ का २८ को बिक्रम विश्वकर्मा, २८ वर्षीय आशीष विश्वकर्मा र खाँदबारी–९ का २२ बर्षीय अनिल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मादक पदार्थ सेवन गरेर उनीहरुले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका थिए ।

काममा खटिएका अस्पतालका स्वास्थ्यकर्मीलाई ती युवकले गालीगलौज गर्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

पक्राउ परेकाहरुलाई अभद्र व्यवहारको कसुरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।