🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नक्कली विज्ञापन खोलेर दशैंको मुखमा युवाको बिल्लीबाठ   

काठमाडौं । ‘चोरका चार दाउ’ भन्ने उक्तिलाई चरितार्थ गर्दै वैदेशिक रोजगारीमा फेरि अर्को ठगी काण्ड फेला परेको छ । ठग दलालले सोझासादा बेरोजगार युवालाई मिठो प्रलोभनमा पारेर झुक्याएका छन् । क्यानडा जान पाइने लोभ देखाएर नयाँ शैलीमा नक्कली विज्ञापन निकालेर ठगी धन्दा रचिएको हो । ठगीमा परेर दशैंको मुखमा बेरोजगार युवाको विचल्ली भएको छ । 
यसअघि पत्रपत्रिकामा नक्कली विज्ञापन गरेर ठगी गरिएका घटना सार्वजनिक भए पनि अहिले नयाँ टेक्निक अपनाइएको छ । इन्स्टाग्राममा नक्कली विज्ञापन गरेर ठगहरुले डकैंती शैलीमा मोटो रकम हात पार्न सफल भएका छन् । अनलाइन विज्ञापनको भर परेर क्यानाडाको मिठो सपनामा रकम बुझाएका युवाहरु दशैंको मुखमा विल्लिबाँठ बनेका हुन् । ती युवाहरुलाई आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्कपर्मिट भिसा पाइने भनी नक्कली विज्ञापनमार्फत प्रलोभनमा फसाइएको छ । 

ठगिएका विभिन्न जिल्लाका युवाहरु यतिबेला उजुरी बोकेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको शरणमा पुगेका छन् । ६ जनाबाट प्रहरी समक्ष जाहेरी परेको छ । प्रारम्भिक अनुसन्धानबाट ती युवालाई क्यानडामा क्यासियरको काम लगाइदिने सपना देखाइएको छ । क्यासियरको तलव मासिक पाँच लाख ४५ हजार रुपैयाँ हुने भनेर लोभ्याइएको छ । इन्स्टाग्राममार्फत ठगहरुले चानचुन साँढे ३४ लाख ठगेको भनेर पीडित युवाले प्रहरी गुहारेका हुन् । 

ठगी धन्दाका लागि प्रोसेसका लागि भनेर आइएलटिएस सर्टिफिकेट, सिभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरु पठाउन पटक–पटक ह्वाट्सएपबाट माग गरिएको थियो । त्यसपछि ठगिएका युवाले विश्वासमा परेर सबै कागजात पठाए । त्यसपछि कागजात पेस गर्न रकम तिर्नुपर्छ भनेर झुक्यानमा पारियो । रकम हात पार्न विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगाए । पीडित युवाले पटक–पटक गरी जम्मा ३४ लाख ५७ हजार रुपैयाँ बैंक खातामा पठाएका छन् । 

रकम खातामा पुगेपछि ठगहरु एकाएक सम्पर्कविहीन भए । हुलियाका आधारमा प्रहरी टोली परिचालन गरेर केही समय अघि दुईजनालाई समातिएको छ । प्रहरी फन्दामा पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने ३० वर्षीय लक्ष्मण नेपाली र जिल्ला सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साह छन् । उनीहरुलाई काठमाडौं अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ । दुईजना पक्राउपछि ठगिएका थप युवा समेत जाहेरी लिएर प्रहरी कहाँ पुगेका छन् । (साँघु साप्ताहिक, २०८० असोज २२)