🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लौ चिन्नुस् नेपालका तोरी लाहुरे मन्त्री !

काठमाडौं । मन्त्रालयको मन्त्री र प्राविधिक कार्यालयको सुपरभाइजरमा के फरक छ होला ? जनताको जनादेशसहित आएको मन्त्री जसले मातहतका उच्च नोकरशाहदेखि हजारौं कर्मचारी परिचालित गर्नुपर्छ र मुलुकको दीर्घकालीन हितका खातिर नीतिहरु निर्माण गरी कार्यान्वयनमा लग्नुपर्छ । सुपरभाइजर तथा सामान्य प्राविधिक कर्मचारीले टेलिफोनदेखि विद्युत, खानेपानी, ढल, शौचालयका प्राविधिक कामहरु हेर्ने गर्दछ । हाम्रो देशमा मन्त्रीले नै सुपरभाइजर र कारिन्दाले गर्ने कामहरु गर्दै कैंची, हथौडा, बेल्चा हातमा लिएर सडक सडकमा कुद्ने नाटक मञ्चन गर्न थालेका छन् ।

 केहीदिन अघि सरकारका आपूर्ति मन्त्री शिवकुमार मण्डल केवटले दरबारमार्ग पुगेर व्यापारीका सटरमा ताल्चा लगाए । अर्का संचार मन्त्री मोहनबहमदुर बस्नेतले आधा दर्जन सहयोगीलाई भरेंग समाउन लगाई पोलमा चढी कैंची चलाएर तार काटे । सय/दुई सय वर्ष अघि एक समय थियो मुलुकका मन्त्री, सेनापति स्वयं नै तरबार लिएर युद्धमैदानमा जान्थे र शत्रुपक्षको घाटी दनादन छिनाउथे । अहिले पनि भ्रष्टाचारका विरुद्ध लगातार लाग्नुपर्ने मन्त्रीका खाँचो नभएको होइन । तर यिनीहरु भने सस्तो लोकप्रियताका लागि नीतिगत, जनहितकारी, कामहरुतर्फ ध्यान नदिई फुर्के र सतही कामतर्फ आकर्षित भई विश्वभर मन्त्री पदकै धज्जी उडाइरहेका छन् ।
 अझ आपूर्ति मन्त्री मण्डल केवटले त उनी मातहतकै भ्रष्ट शिरोमणि गोपाल खड्काविरुद्ध मौनता सा“धेर आपूर्ति विभागका अनुगमन शाखाका कर्मचारीले गर्नुपर्ने काम आफैं गर्दै हिंडेका छन् । एक कर्मचारीले त भने पनि उनलाई मन्त्री होइन अनुगमन र निरीक्षण शाखामा जागिर दिए प्रभावशाली काम होला जस्तो छ । उनी साँच्चै भ्रष्टाचारका विरुद्ध लाग्न चाहन्छन् र जनताका बीचमा आफ्नो राम्रो छवि स्थापित गर्न खोजेका हुन् भने भ्रष्ट शिरोमणि खड्कालाई कारवाही गरी जिम्मेवारीबाट मुक्त गरेर देखाउन् ।

 एक उच्चतहका नोकरशाह भन्छन् नेपालका मन्त्रीहरु बिहान ६ बजेदेखि नै कार्यकर्ता, तस्कर, व्यापारीेदेखि भ्रष्ट कर्मचारीका घेरामा रहन्छन् । यिनीहरुको काम भनेकै सरुवा, बढुवा, छुट, मातहतका विभाग,कार्यालय,योजनाहरुमा कसरी आफना मानिस राख्ने र त्यहाँबाट बढीभन्दा बढी आर्थिक उपार्जन कसरी गर्ने भन्ने मात्र हो । छोटो समयका लागि अनेक प्रभाव र खुशामदबाट मन्त्री बनेकाहरु २/४ महिनामै जसरी पनि सकेसम्म बढी आर्थिक उपार्जन गर्न मात्र चाहन्छन् । उनीहरुलाई भोलि फेरि पनि मन्त्री होउला र मैले यो यो राम्रो र दीर्घकालीन नीतिगत काम गरें भन्ने भन्दा कसरी पनि कमाउने भन्ने ज्यादा चिन्ता हुने गरेको थुप्रै नोकरशाहहरुको एउटै अनुभव रहने गरेको छ ।

 प्रधानमन्त्रीदेखि थुप्रै मन्त्रीहरु समेत व्यहोरेका र भर्खरै अवकाश पाएका एक पूर्व सचिवको अनुभवले समेत यस्तै बताउछ । खानेपानी मन्त्रालयबाट केही दिनअघि मात्र विदा लिएका निवर्तमान सचिव भीम उपाध्याय लेख्छन् ‘‘हाम्रा अधिकांश मन्त्रीहरू आलाकाँचा र गवांर हुन्छन्, तिनलाई सचिव र डीजीले आँट गरेर काम गर्न सिकाईरहनु पर्ने हुन्छ ।’’ हुनपनि मन्त्रीले गर्ने कामहरु हेर्दा उनीहरु गवार र आलाकाँचा हुन् भन्न हिच्किचाउनु पर्दैन । उनी अझ अगाडि भन्छन्– ‘हाम्रा मन्त्रीहरु तोरीलाउरे काममा अल्मलिने गरेका छन् ।’’  हेरौं उनको २०७४ भदौ २४ को फेसबुकमा लेखिएको नेपालका मन्त्रीका सम्बन्धमा गरिएको टिप्पणी जस्ताको तस्तै – ‘‘नेपालमा मन्त्रीहरू आफै पसल वन्दगर्न, सिल लगाउन, बिजुली र टेलिफोनको लाईन काट्न किन हौसिन्छन् । के मन्त्री यस्तै तोरीलाहुरे काममा अल्झिने हो ? अनि मन्त्रीको काम के सचिव सहसचिव उपसचिवले गर्दिने हो ? मन्त्रीको काम छापा मार्ने हैन त्यो सम्बन्धित विभागका प्रमुखले गर्ने हो । तिनीहरूले काम गरे नगरेको अनुगमन मुल्यांकन रिपोर्टिंग लिने हो ।

सरकार कसरी चलाउने भन्ने बारेमा अधिकांस आलाकाँचा मन्त्रीहरू गवार हुन्छन् र तिनलाई सचिव डीजीले आंट गरेर सिकाईरहनु पर्ने हुन्छ । तर अधिकांश मन्त्रीहरू मै सर्वेसर्वा हुँ भन्ने भ्रममा पर्ने गर्छन् र जथाभावी गर्न हौसिने हुनाले किन छुच्चो बन्ने भनेर मातहतका कर्मचारी मौन बस्छन् र मन्त्रीहरू हाँसोका पात्र हुने गरेका छन् । मन्त्रीहरूले मन्त्रालयको भिजन दृष्टि समस्या नबुझी बाहिरका उरन्ठेउला हितैषीका सल्लाह लागू गरेर आफूमात्र हैन मन्त्रालय र सरकारकै बेहाल बनाउने गर्छन् । यसमा त्यहाँका साहसी कर्मचारीले जति छुच्चो बन्न परे पनि बनेर देशहितका लागि मन्त्रीहरूलाई ट्र्याकमा राख्नै पर्छ, अहिले कर्मचारीले गर्न सक्ने ठूलो योगदान नै यही हुन सक्छ भन्ने मेरो ठम्याइं हो ।

(फोटो:१२  खरी डटकम)