🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महोत्तरीमा विद्युत् चोरी गर्ने २८ पक्राउ

गौशाला, १५ भदौ (रासस) : विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरी ल्याइएको हो । 

पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले विद्युत नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।