काठमाडौं, २० असोज । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाको छ ।
शनिबार मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले उक्त पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ । यसैगरी इजरायलमा रहेका नेपालीलाई सतर्क रहन पनि अनुरोध गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ ।
टेलीफोनः+९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३
इमेल embassy@012.net.il



