🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाहुनाको आँखामा पट्टी लगाएर विवाह…

बेलायतकी एकजना नवयुवतीले विवाहलाई यादगार बनाउनका लागि विवाहको दिन आफ्नो श्रीमान र सबै पाहुनाहरुको आँखामा पट्टी बाँधेर आफ्नो वैवाहिक कार्यक्रम सम्पन्न गरेकी छिन् । इंग्ल्याण्डको बर्मिङ्घमकी लुसी एडवार्डसले ओलीई केभसँग लण्डनमा विवाह गरेकी थिइन् । विवाहमा उपस्थित पाहुनाले आफ्नो आँखामा पट्टी लगाएका थिए ।

वास्तवमा लुसी एक दृष्टिविहीन युवती हुन् । यो ठूलो अवसरमा सबै पाहुना र आफ्नो श्रीमान्लाई समेत यो अवसर उनका लागि कस्तो हो भन्ने महसुस गराउनका लागि उनले यस्तो उपाय अपनाएकी थिइन् । उनले यसको भिडियोसमेत सार्वजनिक गरेकी छिन् । जसले सामाजिक सञ्जालमा निकै चर्चा कमाएको छ । उनको यो भिडियो ३० लाख पटकभन्दा बढी हेरिएको छ । (एजेन्सी)