🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सिक्किममा भारी वर्षासँगै आएको बाढीमा परी २३ भारतीय सेना बेपत्ता

काठमाडौं : भारी वर्षापछि गएको बाढीमा परी भारतको सिक्किममा २३ भारतीय सेना बेपत्ता भएका छन् । भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासी बाढी आएको थियो ।

भारी वर्षासँगै त्यहाँ रहेको छुन्थाङ ड्याम भरिएर पानी बाहिर आएको थियो । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार ड्याममा पानीको सतह २० फिट माथि पुगेको छ । त्यसैगरी सेनाको बेसक्याम्पमा पनि क्षति पुगेको जनाइएको छ ।

सेनाको सवारी साधनमा पनि क्षति पुगेको छ । त्यहाँको सेनालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको २३ जना सेनाका जवानहरू बेपत्ता भएका छन् । खोजी कार्य जारी राखेको सेनाले उल्लेख गरेको छ । सो स्थान नेपालको सीमा क्षेत्र नजिक एवं विश्वकै तेस्रो उच्च शिखर कन्चन्जङ्गा हिमालको आसपासमा पर्छ ।
०००