🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रक्षामन्त्री पोखरेलद्धारा एन्फाको ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु

काठमाडौँ, १२ भदौ : अखिल नेपाल फुटबल सङ्घ एन्फाले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ । 

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुवात गरिने एन्फाले जनाएको छ । 

फुटबलको सर्वोच्च निकाय फिफाको फुटबल विकास कार्यक्रमअन्तर्गत एन्फाले ‘ग्रासरुट’ कार्यक्रम अघि बढाएको हो । कार्यक्रममा आठ देखि १३ वर्ष उमेरसमूहका बालबालिकालाई सहभागी गराई फुटबलको विकास शुरु तहदेखि नै गर्न लागिएको एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिए । “फुटबलको जग बलियो बनाउन अभियान शुरु गरिएको छ”, उनले भने । 

अभियान सञ्चालन, फुटबलको गतिविधि बढाउन, मैदानको मर्मतलगायतको कार्य गर्न एन्फाले ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकुद सामग्रीसमेत प्रदान गरेको छ । 

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सहयोग कार्यक्रमअन्तर्गत सुगम जिल्लालाई रु पाँच लाख नगद र रु एक लाख बराबरको खेलकुद सामग्री तथा दुर्गम जिल्लालाई रु १० लाख नगद र रु एक लाख बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई हस्तान्तरण गरे ।

अभियानलाई निरन्तरता दिन एन्फा नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले “अभियान शुरु गरेर मात्र हुँदैन्, यसले निरन्तरता पाउनुपर्छ, अभियानको निरन्तरताका लागि सरकार सहयोग गर्न तयार छ”, भने । 

उपप्रधानमन्त्री पोखरेलले खेलकुद समाजलाई जोड्ने सूत्र भएको उल्लेख गर्दै पछिल्लो समयमा खेल क्षेत्रमा समेत राजनीतिक प्रभाव पर्न थालेकाले यसलाई अन्त्य गर्नुपर्ने सुझाव दिए ।

राजनीति हस्तक्षेपका कारण खेल क्षेत्र प्रभावित भएको बताउँदै उनले खेल क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा खेलकुदकै विज्ञहरुलाई गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले सरकार अहिले ऐन, नियम र कानून बनाउन लागि परेकाले विकास निर्माणका काममा केही ढिला भए पनि जनतासामु गरेको वाचा पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अभियानलाई आगामी वर्षदेखि वार्षिक कार्यक्रममा राखेर अघि बढाइने बताउँदै फुटबलको विकासका लागि आगामी वर्षदेखि यू–१४, यू–१६ र यू–१८ को राष्ट्रिय लिग गर्न एन्फाले तयारी गरिरहेको जानकारी दिए । रासस