🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोटरसाइकलसहित तस्करी सामग्री पक्राउ

विराटनगर, ११ भदौ : प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेकोे अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत अवैध सामग्रीसहित सुनसरी जिल्ला इटहरी उपमहानगपालिका–७ बस्ने ३५ वर्षीया मीना ठाकुर र मोटरसाइकल आइतबार नियन्त्रणमा लिएको थियो । 

इलाका प्रहरी कार्यालय रानी र अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ स्थित बाबा सिनेमा हल नजिकैबाट भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडासहित निजलाई पक्राउ गरिएको हो । 
–––