🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सार्वजनिक सेवा प्रसारण संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ ः सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएकी छन् ।

उनले सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा त्यस्ता संस्थालाई अघि बढाउनु पर्ने बताइन् । 

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधान र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ साथै सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा अघि बढाउनु पर्छ । कुन सूचना आधिकारिक हो भन्नका लागि सरकार मातहत एउटा सार्वजनिक प्रसारण सेवा आवश्यक छ ।’ उनले पत्रकारिता बहुपक्षीय र निष्पक्ष हुन जरुरी रहेको पनि बताइन् । 

समिति सदस्यहरुले अझै पनि धेरै नागरिक सूचनाको पहुँचबाट टाढै रहेकाले पहुँच विस्तारसगै स्वच्छ, स्वतन्त्र र निष्पक्ष सूचना प्रवाह सुनिश्चित गर्नु पर्ने विचार प्रकट गरे । 

३० वटा दफा रहेको उक्त विधेयकमा सार्वजनिक सेवा प्रसारण संस्थाको कोषमा सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी सङ्घ संस्थाबाट प्राप्त हुने र संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

सार्वजनिक सरोकार र नागरिकका आवश्यकता अनुसारको विषयमा कार्यक्रम उत्पादन र प्रसारण, नागरिकको सूचनाको हक प्रचलन गराउन मुलुकका सबै भूभागमा प्रसारणको पहुँच पुर्याउने पनि संस्थाको जिम्मेवारी भएको विधेयकमा उल्लेख छ  ।