🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारको आलोचना छाडेर काँग्रेस लाग्यो सडक निर्माणमा 

दोलखा, ११ भदौ : यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ को वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा काँग्रेस सारथी बनेको हो । काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए ।

दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँग्रेस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने । “वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा काँग्रैस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने । 

काँग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल टे«ड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँग्रेस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले बताए । रासस