🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरूवाले मन्त्रालयमै भनाभन !

काठमाडौं । कर्मचारी सरूवाको विषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीका बिचमा हात भनाभन भएको समाचार छ । मन्त्रालयका एकजना उपसचिव र अधिकृतले नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन आवद्ध नासुलाई शहरी विकास मन्त्रालय मातहतको संघन शहरी आयोजनमा तोकेरै पदास्थापन गर्न निजामती सेवा ऐन विपरीत दवाव दिएका थिए । कर्मचारीले भने यस्तो प्रवृत्तिविरुद्ध विरोध जनाउँदा भनाभनको स्थिति उत्पन्न भएको स्रोतले जानकारी दिएको छ ।

 नासुलाई मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव कमान सिंह थापा मगर र अधिकृत रमण खड्काले शुभलाभका आधारमा कार्यालय नै तोकेर सरूवा गरेको विषयलाई लिएर कर्मचारीका बिचमा हल्लीखल्ली मच्चिएको बताइन्छ । समान्यले कर्मचारीको सरुवा गर्दा मन्त्रालय वा मातहत निकायमा सरुवा गरेको जानकारी दिनुपर्ने हो ।

तर लेनदेन गर्दै कर्मचारीलाई कार्यालय नै तोकेर खटाउने प्रवृत्तिका कारण निजामती प्रशासनमा कतिसम्म विकृति र बेतिथि बढेको छ भन्ने विषय दिनको घाम झै छर्लङ्ग छ । उक्त आयोजनामा शहरीका ओली थरका नायव सुब्बालाई  सरुवा गरिएको स्रोतले जानकारी दिएको छ । यो विषयका कारण यतिखेर सामान्य प्रशासन मन्त्रालयमा मात्र नभएर संघीय सरकारको प्रशासनिक सिंहदरवा भित्र ठुलै खैलाबैला मच्चिएको बताइन्छ ।

सामान्य प्रशासन मन्त्रालयलाई अन्तर मन्त्रालय मात्र सरूवा गर्ने अधिकार रहेको छ । मन्त्रालयमा सरूवा भएपछि सम्वन्धित मन्त्रालयले मातहतका निकायमा सरूवा गर्ने कानूनी व्यवस्था रहेको छ । यो व्यवस्था विरूद्व सामान्यका कर्मचारीले आफूखुसी सरुवा गरेर कार्यालय तोकिदिएपछि मन्त्रालय मात्र नभएर सिङ्गो निजामती प्रशासन नै बद्नाम भएको चर्चा छ । (साँघु साप्ताहिक, २०८० असोज १)