🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेसबुकमा राष्ट्रपतिलाई सैतान भनी आलोचना गर्ने व्यक्ति पक्राउ

हरारे, ७ भदौ : फेसबुकमा राष्ट्रपति इमर्सन नानगाग्वाँको आलोचना गरेको आरोपमा जिम्बाबेको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 
मनङग्वाका खरो आलोचकका रुपमा चिनिने मुन्याराड्जी शोकोले राष्ट्रपतिलाई सैतानसँग तुलना गरेपछि पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । 
जिम्वाब्बेको मानवअधिकारवादी वकिल कुम्बिराइ माफुन्डाले शोकोलाई पक्राउ गरिएको बुधबार पुष्टि गरेको समाचारमा जनाइएको छ । 
हरारेमा रहेको केन्द्रीय प्रहरी कार्यालयमा शोकोलाई राखेर अपराधसम्वन्धी मुद्धा चलाउन लागिएको माफुन्डाले एएफपीलाई जानकारी दिए ।

शान्ति सुरक्षा कायम गर्न र कानूनको कार्यान्वयन गर्नका लागि उनको अभिव्यक्ति प्रतिकूल भएकाले पक्राउ गरिएको माफुन्डाको भनाई छ । 

घटनाका बारेमा प्रहरीले भने अहिले सम्म कुनै प्रतिक्रिया नदिएको बताइएको छ । गत जुलाई ३० मा भएको निर्वाचन बेला पनि विपक्षी समर्थक समूहको तर्फबाट भएको प्रदर्शनमा शोकोको हात रहेको बताइएको छ । त्यतिबेला भएको हिंसामा परी कम्तीमा छ जना मारिएका थिए । 

निर्वाचनमा नानगाग्वाँ विजयी भएको घोषणा गरिएपनि नतिजाका बारेमा अहिले पनि अदालतमा मद्दा रहेको छ ।