🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालगञ्ज उपमहानगरपालिका सोलारबत्ती बिग्रिए 

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सुर्खेत रोडमा राखिएका सोलार बत्ती बल्दैनन् । बत्ती जडानकर्ता ठेकेदार कम्पनीले मर्मत गर्ने वा उपमहानगरपालिकाले गर्ने भन्ने विवादका कारण मर्मतमा कसैले चासो देखाएका छैनन् । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र पुष्पलाल चोकसम्म ७० र तत्कालीन संसद् विकास कोष र जिल्ला विकास समितिको संयुक्त प्राविधिक तथा आर्थिक सहयोगमा जमुनाहादेखि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयसम्म १५० पोलमा जडान गरिएका सोलार बत्तीमध्ये ६२ वटा बिग्रिएका छन् । 

काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको सुरुवाती ७० सोलार बत्तीबारे मात्र आफूसँग जानकारी रहे पनि अन्य ८० कसले जडान गरेको भन्ने बारेमा नेपालगन्ज उपमहानगरपालिकासँग जानकारी छैन । 

उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भने, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकोले समस्या छ ।” बत्तीको पाठपूर्जामध्ये कुनै दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको तर सम्झौता मन्त्रालयबाटै भएको हुँदा प्राविधिक कुराहरुबारे हामीलाई जानकारी नभएको उनले बताए ।

गणेशमान चोकदेखि ट्राफिक चोकसम्म २८ सोलार बत्तीमध्ये दुई र गणेशमान चोकदेखि बिपी चोकसम्मको २६ मध्ये सात सोलार बत्ती बिग्रिएको छ ।

सबैभन्दा बढी बिपी चोकदेखि धम्बोझी चोकसम्म ३७ मध्ये २४ सोलार बत्ती बिग्रिएका छन् तर १०/१५ मात्र सोला बत्ती बिग्रिएको आफूलाई जानकारी भएको इञ्जिनीयर गुप्ताले बताए । 

–––