🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साठी किलो चरेशसहित पक्राउ परेका पाँच सार्वजनिक

दाङ, ३ भदौ (रासस) । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् । 

जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्  । मुसीकोट नगरपालिका–११ का ४५ वर्षीय प्रेमबहादुर घर्ती र सल्यान दार्मा चौर गाउँपालिका–५ का ३५ वर्षीय डिल्लीराज चन्द रहेका छन् । 

विशेष सुराकीका आधारमा उनीहरुलाई शुक्रबार र शनिबार जिल्ला प्रहरी कार्यालय दाङको टोलीले लमही नगरपालिका–९ को अमेलीयामा लागूऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा पक्राउ गरेको पत्रकार प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए  ।

पक्राउ परेकालाई लागूऔषध चरेश कारोवार मुद्दा शीर्षकमा कारवाहीका लागि अगाडि बढाइसकेको छ । 
–––