🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बझाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

बझाङ, १४ भदौ ।  बझाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । बुधबार बेलुका जङ्गली च्याउको तरकारी खाँदा स्थानीय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरीसहित तीन जना गम्भीर बिरामी भएका थिए ।

गम्भीर बिरामी भएकी सञ्जिलालाई बुधबार राति नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

१२ वर्षीय सुदिपको उपचार जिल्ला अस्पतालमा सम्भब नभएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ । आमा पुनी कठाएतको अवस्था सामान्य भएकोले जिल्ला अस्पतालमै उपचार भैरहेको छ ।