🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

नेपालगञ्ज ।  बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बाँकेको जानकी गाउँपालिका–५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा आज एकजना मृत अवस्थामा फेला परेका छन् । दुई दिनदेखि घरबाट सम्पर्कविहीन भएका जानकी गाउँपालिका–४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार लु ८२ प ६४६८ नं को मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किँएको थियो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको बताइएको छ । 

साथै सर्पले टोकेर उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

भदौ ५ गते राति ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । पाँच दिनपछि उनको मृत्यु भएको थियो ।