बाढी तथा पहिरोबाट प्रभावित देशका विभिन्न स्थानमा परिचालित नेपाली सेनाकाे फौजले निम्न कार्यहरु सम्पादन गरेको जानकारी दिएकाे छ ।
१. दोलखा जिल्ला, भिमेश्वर नगरपालिका-३, पशुपति डाँडामा गएको पहिरोका कारण केही घरहरु जोखिममा परको हुँदा पहिरो पन्छाइ सम्भाव्य जोखिमलाई न्यूनीकरण गरिएको छ ।

सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका-३ स्थित जोरसल्ले खहरे खोलामा पानीको सतह बढेका कारण जोरसल्ले बस्तीमा पर्न सक्ने असरलाई मध्यनजर गरि स्थानीयवासीको सहयोगमा प्रभावित क्षेत्रमा बाँध निर्माण गरिएको छ ।
(तस्बिर तल)

३. काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका-४ जगडोलस्थित जगडोल पार्कमा खसेको पहिरो पन्छाउने कार्य गरिएको छ ।
(तस्बिर तल)

४. काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका-७ स्थित गोरखनाथ मन्दिर नजिक पहिरो गई जोखिम बढेको हुँदा पहिरो हटाई जोखिमलाई न्यूनीकरण गरिएको छ ।
(तस्बिर तल)




