🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

मुग्लिन (चितवन), ८ भदौ । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख, प्रहरी निरीक्षक विशाल तामाङका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण काठमाडौँ जाने सवारी साधनहरू मुग्लिन र काठमाडौँबाट  मुग्लिनतर्फ आउने सवारी साधनहरू कुरिनटारमै रोकिएका छन् । 
–––