काठमाडौं, ७ भदौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दैछ । गत मंगलबारवाट सुरू भएको केन्द्रीय समिति बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ ।
हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।
केन्द्रीय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिँदैछ ।




