🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सीको भ्रष्टाचारविरोधी अभियानमा पूर्वपोलिटब्युरो सदस्य मा पनि, घुसको अभियोग दर्ता

बेइजिङ, १९ कात्तिक (रासस/एपी)। चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईविरुद्ध पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग दर्ता भएको छ। पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उहाँविरुद्ध औपचारिक अभियोग दर्ता गरिएको हो।

मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले विभिन्न नेतृत्वदायी जिम्मेवारीमा रहँदा अरूलाई अनुचित लाभ पुर्‍याएबापत ठूलो रकम घुस लिएको आरोप लगाएका छन्। उपलब्ध विवरणमा घुसको रकम भने खुलाइएको छैन।

सन् २०२२ मा पोलिटब्युरो सदस्य बन्नुभएका माविरुद्ध अनुसन्धान भइरहेको विषय गत अप्रिलमा सार्वजनिक भएको थियो। त्यसबेला उहाँमाथि पार्टी अनुशासन र राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाइएको थियो। औपचारिक अभियोग दर्तासँगै उहाँविरुद्धको कारबाही न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।

राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानमा कारबाहीको दायरामा पर्ने मा पछिल्लो वरिष्ठ अधिकारी हुनुहुन्छ। गत साता सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पाँचौँ पूर्ण अधिवेशनले अनुशासन सुदृढ गर्ने र भ्रष्टाचारविरोधी अभियानलाई थप प्रभावकारी बनाउने प्रस्ताव पारित गरेको थियो।

उक्त बैठकले मासहित ३० भन्दा बढी वरिष्ठ अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको थियो। निष्कासित हुनेमा यस वर्षको सुरुसम्म सेनाको नेतृत्वमा रहेका एक वरिष्ठ जनरलसमेत रहेको विवरणमा उल्लेख छ।

चीनको शक्तिशाली राजनीतिक निकाय पोलिटब्युरोका २४ सदस्यमध्ये पछिल्लो समय मा र दुई सैन्य जनरल गरी तीन जना हटाइएका छन्। उच्च राजनीतिक तथा सैन्य नेतृत्वसम्म फैलिएको कारबाहीले चिनियाँ सत्तावृत्तमा भ्रष्टाचारविरोधी अभियानको प्रभाव देखाएको छ। विश्लेषकहरूले भने यो अभियानलाई भ्रष्टाचार नियन्त्रणसँगै राष्ट्रपति सीप्रतिको राजनीतिक निष्ठा सुनिश्चित गर्ने माध्यमका रूपमा समेत हेर्ने गरेका छन्।

मा सन् २०२५ सम्म सिन्जियाङ क्षेत्रको कम्युनिष्ट पार्टी प्रमुख हुनुहुन्थ्यो। त्यसअघि उहाँले हङकङसँग सीमा जोडिएको प्रमुख औद्योगिक प्रान्त गुआङ्दोङको गभर्नरको जिम्मेवारी सम्हाल्नुभएको थियो। चीनको शासन संरचनामा प्रान्तीय गभर्नरभन्दा कम्युनिष्ट पार्टी प्रमुखको पद शक्तिशाली मानिन्छ।

पेसाले इन्जिनियर मा स्थानीय सरकारी नेतृत्वमा आउनुअघि एयरोस्पेस उद्योगमा कार्यरत हुनुहुन्थ्यो। प्राविधिक क्षेत्रबाट प्रान्तीय शासन हुँदै पार्टीको उच्च नेतृत्वमा पुग्नुभएका उहाँ अहिले घुससम्बन्धी अभियोगको सामना गर्दै हुनुहुन्छ। यद्यपि, अभियोगमाथि अदालतको फैसला आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *