🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

टेनिसका दिग्गज राफेल नाडाल रियल मड्रिडको बोर्डमा सामेल

काठमाडौं, १९ कात्तिक । रियल म्याड्रिडले खेलकुदको अर्को विधाका एक च्याम्पियनलाई आफ्नो सञ्चालक समितिमा भित्र्याउने तयारी गरेको छ।

क्लबका अनुसार, २२ पटकका टेनिस ग्रान्ड स्लाम विजेता राफेल नाडाललाई निर्देशकका रूपमा नियुक्त गर्ने प्रस्ताव अनुमोदनका लागि सदस्यहरूसमक्ष पेस गरिनेछ।

सञ्चालक समितिले यो नियुक्तिलाई ‘प्रतिनिधि सदस्यहरूको महासभा’ मा पेस गर्न सहमति जनाएको छ। नाडाल पहिले नै यस क्लबका मानार्थ सदस्य हुन्।

“खेलकुद तथा व्यक्तिगत रूपमा यति उच्च कद भएको व्यक्तित्व, हाम्रो सञ्चालक समितिमा सामेल हुनु रियल म्याड्रिड र हाम्रा सम्पूर्ण समर्थकहरूका लागि अत्यन्तै गर्वको विषय हो,” रियलले बुधबार जारी गरेको एक विज्ञप्तिमा भन्यो।

क्लबले नाडालका खेलकुदसम्बन्धी उपलब्धिहरूलाई उजागर गर्‍यो, जसमा ९२ एकल उपाधिहरू, दुई ओलम्पिक स्वर्ण पदकहरू, स्पेनका लागि पाँच डेभिस कप जित र विश्व वरीयतामा पहिलो स्थान हासिल गरेको कुरा समावेश छन्।

क्लबले उल्लेख गरेअनुसार, यी सम्मानभन्दा पर उनका अन्य गुणहरू जस्तै विनम्रता, प्रतिद्वन्द्वीहरूप्रति सम्मान र परोपकारी कार्यहरूप्रति प्रतिबद्धता क्लबकै मूल्यमान्यताहरूसँग मेल खान्छन्।

मंगलबार बसेको बोर्ड बैठकमा उनको नियुक्तिबारे जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यी सबै मूल्यमान्यताहरू ‘रियल म्याड्रिड’ को पहिचानको हिस्सा हुन्, र राफेल नाडालले आफ्नो सम्पूर्ण खेल जीवनमा यी गुणहरूलाई आत्मसात गर्नुका साथै प्रवर्द्धन पनि गरेका छन्।”

नाडालले यस निमन्त्रणालाई स्वागत गरे। उनले सामाजिक सञ्जालमा लेखे, “मलाई ‘रियल म्याड्रिड’ को सञ्चालक समितिमा सामेल हुन आमन्त्रित गर्नुभएकोमा म अध्यक्ष फ्लोरेन्टिनो पेरेज र बोर्डप्रति आभार व्यक्त गर्न चाहन्छु।मैले निकै उत्साहका साथ यो निमन्त्रणा स्वीकार गरेको छु। म यहाँ धेरै कुरा सिक्न र सक्दो योगदान पुर्‍याउन उत्सुक छु।”

नोभेम्बर २०२४ मा टेनिसबाट सन्यास लिएका नाडाललाई लामो समयदेखि पेरेजको सम्भावित उत्तराधिकारीका रूपमा चर्चा गरिँदै आएको छ, यद्यपि उनले यस्तो सम्भावनालाई खासै महत्त्व दिएका छैनन्।

दुई दशकयता पहिलो पटक भएको प्रतिस्पर्धात्मक अध्यक्षकाे निर्वाचनमा ७९ वर्षीय पेरेजले जुन महिनामा थप चार वर्षे कार्यकाल सुनिश्चित गरे। सदस्यहरूको स्वामित्वमा रहेको यस क्लबमा बाह्य लगानी भित्र्याउने योजनाको विरोध गरेका चुनौतीकर्ता एनरिक रिक्वेल्मेलाई एक तिहाइभन्दा बढी मतदान गर्ने सदस्यहरूले समर्थन जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *