🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बुढानीलकण्ठमा जुवा खेलिरहेको अवस्थामा १२ लाखभन्दा बढी नगदसहित २३ जना पक्राउ

काठमाडौँ, १८ कात्तिक। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद रु. १२ लाख २९ हजार ६०० सहित २३ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३ कार्तिक १७ गते मङ्गलबार राति करिब ११ः१५ बजे गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले पासिकोटस्थित दुईतले टिनको टहरामा छापा मारेको थियो।

नुवाकोटको बेलकोटगढी नगरपालिका–४ घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सिनाले भाडामा लिएको कोठामा जुवातास (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट ३३ थान कौडा, १७ बुक तास, नगद रु. १२ लाख २९ हजार ६००, २३ थान मोबाइल तथा विभिन्न सवारीसाधन बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि जुवासम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *