🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रहरी देख्दा डर होइन, भरोसा महसुस होस् : महानिरीक्षक केसी

निष्पक्षतामा सम्झौता नगर्ने प्रतिबद्धता, प्रहरीका गुनासा सुन्न सचिवालयमा उच्चस्तरीय संयन्त्र बनाउने घोषणा...!

काठमाडौं, २०८३ कात्तिक १८ । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरि राख्दै संविधान र कानुनप्रति अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै केसीले प्रहरी सङ्गठनको मर्यादा र निष्पक्षतामा कुनै सम्झौता नगर्ने बताएका हुन्। उनले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पुँजीका रूपमा उल्लेख गरे।

“आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,” उनले भने।

प्रहरीका गुनासा सुन्न उच्चस्तरीय संयन्त्र

महानिरीक्षक केसीले आधारभूत तहदेखि सम्पूर्ण प्रहरी कर्मचारीका गुनासा सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गरे।

सीमित स्रोतसाधन, भवनको अभाव र लामो कार्यघण्टालगायत प्रहरी कर्मचारीले भोगिरहेका समस्यामा गम्भीर भएर लाग्ने उनको प्रतिबद्धता छ। उनले सरुवा–बढुवामा निष्पक्षता तथा प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्ने बताए।

दलीय प्रभावबाट मुक्त राख्न सहयोगको अपेक्षा

केसीले प्रहरी सङ्गठनलाई आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता र कार्यगत स्वायत्तता उपलब्ध गराउन सरकारसँग आग्रह गरे।

प्रहरीलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग अपेक्षा गरेको उल्लेख गर्दै उनले संविधान र कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रण व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *