🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बालुवाटारमा गरिमा विकास बैंकको १२७औँ शाखा सञ्चालन

काठमाडौं, कात्तिक १८ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका-३, बालुवाटारमा आफ्नो १२७औँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले कारोबार सुरु गरेको १९ वर्ष पूरा भएको अवसरमा बुधबार केन्द्रीय कार्यालय रहेको भवनमै नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका अध्यक्ष दिलीपप्रताप खाँणको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखा उद्घाटन गरे।

बालुवाटार शाखाबाट नियमित बैंकिङ सेवासँगै एटिएम, लकर तथा विदेशी मुद्रा सटहीलगायत सेवा उपलब्ध हुने बैंकले जनाएको छ। नयाँ शाखाले उक्त क्षेत्रका व्यक्तिगत तथा संस्थागत ग्राहकलाई बैंकिङ कारोबारमा सहजता पुर्‍याउने बैंकको विश्वास छ।

बैंकिङ सेवामा नागरिकको पहुँच बढाउन, वित्तीय समावेशीकरण सुदृढ बनाउन तथा सहज र विश्वसनीय सेवा उपलब्ध गराउन शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिएको बैंकले जनाएको छ।

शाखा विस्तारमार्फत स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलता विकास, बचत परिचालन र उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच बढाउने उद्देश्य रहेको बैंकको भनाइ छ।

२०६४ कात्तिक १८ गते कारोबार सुरु गरेको गरिमा विकास बैंकले सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *