🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बिग मुभिजमा नयाँ प्रविधि र आरामदायी सिट, हलको स्तरोन्नति

काठमाडौं, १७ कात्तिक २०८३ । कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालित बिग मुभिजले दृश्य तथा ध्वनि प्रविधि, सिट र आन्तरिक सजावटमा सुधार गर्दै सिनेमा हलको स्तरोन्नति गरेको छ। प्रविधिको विकास र दर्शकको बदलिँदो अपेक्षालाई सम्बोधन गर्न हललाई थप सुविधासम्पन्न बनाइएको कम्पनीले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले चलचित्र प्रदर्शनको गुणस्तर र दर्शकको सहजतालाई प्राथमिकतामा राखेर हलको नवीकरण गरिएको जानकारी दिए।

दृश्य स्पष्ट बनाउन फोरके लेजर प्रोजेक्टर

कम्पनीका अनुसार हलमा बार्को ब्रान्डको एसपीफोरके–२०सी सिरिज–४ आरजीबी स्मार्ट लेजर प्रोजेक्टर जडान गरिएको छ। यसको चमक क्षमता २१ हजार ल्युमेन्स र नेटिभ रिजोलुसन ४०९६×२१६० रहेको कम्पनीले जनाएको छ।

नयाँ प्रोजेक्टरले पर्दाका दृश्यलाई थप स्पष्ट, चम्किलो र जीवन्त बनाउने कम्पनीको दाबी छ। उच्च गुणस्तरको रङ प्रस्तुतिका लागि रेक.२०२० तथा डीसीआई–पी३ कलर स्पेससम्बन्धी प्रविधि समावेश गरिएको पनि जनाइएको छ।

बिग मुभिजका हलहरूमा १९×४३ फिट, २०×४३ फिट र २०×४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन्।

६४ च्यानलको डल्बी एट्मस ध्वनि प्रणाली

ध्वनितर्फ ६४ च्यानलको डल्बी एट्मस थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ। यसले प्रत्येक स्पिकरमा स्वतन्त्र अडियो फिड उपलब्ध गराएर दृश्यअनुसार विभिन्न दिशाबाट ध्वनि सुनिने अनुभव दिने कम्पनीले जनाएको छ।

हलको माथिल्लो भाग र चारैतिर राखिएका स्पिकर तथा साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गर्न सकिने जनाइएको छ। विशेषगरी एक्सन तथा ध्वनिको बढी प्रयोग भएका चलचित्रमा यसले दर्शकको अनुभव थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ।

२५५ थिएटर कुर्सी र २९ रिक्लाइनर

दर्शकको आरामका लागि हलमा २२ इन्चका ‘च्याम्पियन सिरिज’ का २५५ वटा थिएटर कुर्सी राखिएका छन्। यी कुर्सीमा शरीरको बनावटअनुकूल बसाइ, गुणस्तरीय फेब्रिक र तीन तहमा मिलाउन सकिने लकिङ सुविधा रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, थप आरामदायी सेवाका लागि २९ इन्चका ‘रोयल लक्जुरिया’ सिरिजका क्रिम रङका २९ वटा रिक्लाइनर जडान गरिएको छ।

हलभित्र नयाँ कार्पेट, ध्वनि व्यवस्थापनमा सहयोग गर्ने भित्ताका आवरण र आधुनिक प्रकाशको व्यवस्था गरिएको अध्यक्ष अर्यालले बताए।

उनले प्रविधि र सुविधामा गरिएको सुधारबाट दर्शकलाई दृश्य, ध्वनि र बसाइको समग्र अनुभवमा फरक महसुस हुने विश्वास व्यक्त गरे।

“अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दाका दृश्य हेर्नुमा मात्र सीमित हुने छैन। कथा र वातावरणलाई महसुस गर्ने अनुभव दिन सकिने विश्वास लिएका छौँ,” अर्यालले भने।

कम्पनीले आफ्नो ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’ नाराअनुसार हलका विभिन्न पक्षमा सुधार गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *