🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सहयोग माग्न थानामा पुगेकी महिलामाथि बलात्कारको आरोप, १२ प्रहरी निलम्बित

सञ्जय मिश्रा/न्युज कारखाना

रौतहट, १७ कात्तिक । भारतको झारखण्ड राज्यस्थित सरायकेला प्रहरी थाना परिसरमा सहयोग माग्न पुगेकी महिलामाथि प्रहरी कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ। घटनापछि कर्तव्य निर्वाहमा गम्भीर लापरबाही र अनुशासनहीनताको आरोपमा १२ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन्।

जिल्ला प्रहरी अधीक्षक मनोज स्वर्गियारीले बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार यस प्रकरणमा १५ जनाविरुद्ध नाम किटान गरिएको छ। निलम्बित १२ प्रहरीमाथि भने कर्तव्यप्रति लापरबाही, शिथिलता र जिम्मेवारी निर्वाहमा कमजोरी गरेको आरोपमा विभागीय कदम चालिएको हो।

प्राप्त विवरणअनुसार पतिसँग विवाद भएपछि ती महिला सहयोग माग्दै स्थानीय प्रहरी थानामा पुगेकी थिइन्। आफूलाई राखिएको कोठामा थानाका वायरलेस अपरेटरले बलात्कार गरेको उनको आरोप छ।

घटनाको निष्पक्ष छानबिनका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको प्रहरी अधीक्षक स्वर्गियारीले बताएका छन्। उनका अनुसार टोलीले घटनाका विभिन्न पक्षमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट संलग्नता देखिएका व्यक्तिमाथि थप कानुनी कारबाही अघि बढाइने उनले बताए।

पीडितको मेडिकल परीक्षण भइसकेको भए पनि प्रतिवेदन प्राप्त हुन बाँकी रहेको स्वर्गियारीले जानकारी दिएका छन्। अनुसन्धान र मेडिकल परीक्षणको प्रतिवेदन आउन बाँकी रहेकाले घटनाबारे अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन।

यसैबीच, झारखण्ड विधानसभाका विपक्षी दलका नेता बाबुलाल मराण्डीले घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै उनले प्रहरी थाना परिसरमै महिलामाथि बलात्कार भएको आरोप लज्जास्पद र गम्भीर भएको बताएका छन्।

नागरिकको सुरक्षाको जिम्मेवारी बोकेका प्रहरी कर्मचारीमाथि नै यस्तो आरोप लागेपछि मराण्डीले प्रहरी प्रशासनको जवाफदेहिता र महिला सुरक्षामाथि प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *