🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधानमन्त्री निवास-बालुवाटारमा भूतप्रेत छन् कि सत्तामै खोट छ ?

व्यवस्था एउटै, राजदरबार एउटै, प्रधानमन्त्री निवास पनि एउटै। फेरिइरहनेचाहिँ प्रधानमन्त्री ! बहुमत होस् वा दुईतिहाइ, प्रधानमन्त्री पाँच वर्ष टिक्दैनन्-दोष निवासको कि राजनीतिक नियतको ? 

२०३० साल साउन १ गते नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बने। नवनिर्मित प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पनि उनैले पाए। नयाँ निवास, नयाँ जिम्मेवारी र सत्ताको नयाँ अध्याय! तर, त्यहाँ बसेर लामो समय शासन गर्ने सौभाग्य भने उनलाई मिलेन। २०३२ साल मंसिर १४ गतेसम्ममै उनको त्यो बसाइ टुङ्गियो।

त्यसपछि २०३२ साल मंसिर १५ गते डा. तुलसी गिरी प्रधानमन्त्री बने। तर, प्रधानमन्त्री निवास बालुवाटार उनलाई पनि फापेन। २०३४ साल भदौ २७ गते कीर्तिनिधि विष्ट प्रधानमन्त्री बनेपछि गिरीको पालो सकियो। विष्ट पनि पाँच वर्ष टिकेनन्। २०३६ साल जेठमा सूर्यबहादुर थापाको पालो आयो।

थापाले २०३७ सालमा सम्पन्न जनमतसङ्ग्रहमा सुधारिएको पञ्चायतलाई जिताए। राजा र राजदरबारलाई खुसी पार्न तथा पञ्चायतलाई जिताउन वनजङ्गलको व्यापक विनाश गराएकोलगायत आरोप पनि उनकै शासनसँग जोडिए। पञ्चायतलाई जिताएर दरबारको भरोसा बनेका थापासमेत २०४० साल असारसम्म मात्र सत्तामा रहन सके। उनको शासनले पनि पाँच वर्ष पूरा गर्न पाएन।

यसपटक उनलाई हटाउने मोर्चामा बहुदलवादी मात्र थिएनन्। पञ्चायतकै हस्तीहरू लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, पद्मसुन्दर लावती, प्रकाशचन्द्र लोहनी र हेमबहादुर मल्लहरू देश व्यापी आन्दोलनमा उत्रिए। अन्ततः थापालाई सत्ताबाट लखेट्न उनीहरू सफल भए।

व्यवस्था एउटै, राजदरबार एउटै, प्रधानमन्त्री निवास पनि एउटै। फेरिइरहनेचाहिँ प्रधानमन्त्री !

२०४२ साल चैतमा नगेन्द्रप्रसाद रिजाल फेरि प्रधानमन्त्री बन्न सफल भए। तर, दोस्रोपटकको बालुवाटार बसाइ झन् छोटो भयो। २०४३ साल असार २ गते मरिचमान सिंहलाई सत्ता बुझाएर उनी बिदा भए।

मरिचमानको सत्ता पनि टिकेन। बहुदलवादी दलहरूले नेतृत्व गरेको २०४६ सालको जनआन्दोलनले उनको सरकारलाई मात्र बिदा गरेन, पञ्चायत व्यवस्थाकै अन्त्य गरिदियो। उनको शासन पञ्चायतको अन्त्यकालीन सत्ताका रूपमा इतिहासमा दर्ज भयो।

त्यसपछि बहुदलवादीहरूसँग वार्ता गर्ने प्रयोजनका लागि लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् बन्यो। त्यसमा नैनबहादुर स्वाँर, पशुपतिशमशेर जबरा र अच्युतराज रेग्मी सम्मिलित थिए। तर, त्यो मन्त्रिपरिषद् दुई हप्ता पनि टिकेन।

२०४७ साल वैशाख ६ गते नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बन्यो। संक्रमणकालमा यो सरकारले छाेटाे अवधिमै २०४७ सालको संविधान निर्माण गर्न र २०५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सफलता पायो।

देशलाई संविधान र निर्वाचन दिने प्रधानमन्त्री भट्टराईचाहिँ आफैँ निर्वाचनमा पराजित भए ! काठमाडौं क्षेत्र नम्बर १ बाट भट्टराईको पराजयमा कांग्रेसभित्रकै गिरिजाप्रसाद कोइराला गुटको भूमिका रहेको आरोप लाग्यो। प्रजातन्त्र आयो, तर आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हराउने अन्तरघातको चर्चा पनि सँगसँगै आयो।

२०४८ सालको निर्वाचनमा २०५ मध्ये ११५ सिट जितेर नेपाली कांग्रेसले स्पष्ट बहुमत पायो। त्यसपछि २०४८ साल जेठ १५ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो।

अब त पाँच वर्ष सत्ता चल्ला भन्ने ठुलाे जनअपेक्षा थियो। तर, कांग्रेसभित्रको चरम अन्तरद्वन्द्वले त्यो बहुमतलाई पनि टिक्न दिएन। पाँच वर्षको जनादेश लिएर आएको सरकारले करिब तीन वर्षमै झ्याप्प मध्यावधि निर्वाचन घोषणा गरिदियो ! यहाँ तात्कालीन प्रधानमन्त्री गिरिजा प्रसादकाे सन्की साेचकाे उपज भनेर विश्लेषकहरूले चर्चा समेत गरेका थिए ।

२०५१ साल मंसिरमा एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको कम्युनिस्ट सरकार बन्यो। त्यो सरकार त एक वर्ष पनि टिकेन।

यहीँबाट बहुदलवादी दलहरू, खासगरी एमाले र कांग्रेसलाई सत्ताको ‘साढेसाती’ लाग्न थालेजस्तो देखियो। सांसद खरिद विक्रीकाे फाेहाेरी खेलखेलेर जुनसुकै मूल्यमा भएपनि सरकार बनाउने, ढाल्ने, फेरि बनाउने र फेरि ढाल्ने चक्र चलिरह्यो। अनि यस्तै विकृत सत्ता राजनीतिकाे खेलका बिचमा कताकताबाट ‘माओवादी’ जन्माइयाे । त्यसपछि  देश भने बर्बादीको उकालो चढिरह्यो !

अनि प्रश्न उठ्छ-प्रधानमन्त्री निवास बालुवाटारमा साँच्चै भूतप्रेत छन् कि क्या हो ?

स्पष्ट बहुमतको प्रधानमन्त्री होस् वा दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री, कसैले पनि पाँच वर्षको कार्यकाल पूरा गर्न नसक्ने! पञ्चायतमा पनि उस्तै, बहुदलमा पनि उस्तै। व्यवस्था फेरियो, पात्र फेरिए, नारा फेरिए; प्रधानमन्त्रीको कुर्सी हल्लिने रोग फेरिएन।

दोष प्रधानमन्त्रीको हो ? दलहरूको हो ? सत्ताको भोक र आफ्नैलाई लखेट्ने राजनीतिक संस्कारको हो ? वा आआफ्नाे स्वार्थकाे राेटी सेक्न पल्केका, नेपालकाे आन्तरिक मामिलाभित्र छिरेर खेल्न चाहने वाह्य शक्तिकाे हाे कि ? वा सबै दोष बालुवाटारका कथित भूतप्रेतलाई दिएर हामी ढुक्क हुने ?

अहिले दलाल, भ्रष्टाचारी र बिचौलियासँग आकाश-पातालको दूरी कायम गरेर बसेका, देशका लागि केही गरौँ भन्ने सोच भएका नवयुवा बालेन्द्र शाह ‘बालेन’लाई समेत छ महिना पूरा नहुँदै लखेट्ने खेती सुरु भएको छ।

कामको परिणाम हेर्न धैर्य छैन, कुर्सी हल्लाउन भने हतार छ। प्रधानमन्त्रीले के गरे, के गर्न सकेनन् र के गर्न बाँकी छ भन्ने हिसाबभन्दा पहिल्यै उनलाई कसरी हटाउने भन्ने हिसाब सुरु हुन्छ। यस्तो फाेहाेरी राजनीतिक खेतीबाट देशले स्थिरता र नागरिकले सुख कहिले पाउने ?

हे प्रभु पशुपतिनाथ ! नेपालमा प्रधानमन्त्रीलाई पाँच वर्ष टिक्ने शक्ति देऊ। त्यो शक्ति कुर्सी जोगाउन मात्र होइन, देश बनाउन र नागरिकको जीवन बदल्न काम लागोस्।

नेपाल र नेपालीको कल्याण होस् ! देशभक्त नेपालीकाे जय हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *