🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शरीरमा आइरन पूर्ति गर्ने यी पाँच भोजन

शरीरमा आइरन (फलाम)को अभावले कमजोरी र थकान महसुस हुने गर्दछ । साथै आइरनकै कमीका कारण एनिमियाको समस्या पनि हुनसक्छ । जानौं शरीरलाई आइरन पूर्ति गर्ने यी पाँच भोजन :

 
फर्सीको बिउ : फर्सीको बिउमा आइरन, सोडियम र फोलेटेको मात्रा भरपुर हुने गर्दछ । शरीरमा आइरनको कामी भएमा फर्सीको बिउ सेवन गर्ने हो भने फाइदाजनक हुन्छ । 

पालकको सेवन : एनिमिया (रक्तअल्पता)का कारण शरीरमा रगत कमी भएमा पालकको साग सेवन गर्नुपर्छ । पालकमा हुने आइरनले शरीरमा हेमोग्लोबिन बढाउने गर्दछ र त्यसले रक्तअल्पताको समस्या हटाउँदछ । 

तोफुको सेवन : तोफुको सेवनले शरीरमा आइरनको कर्मी पूर्ति गर्दछ । साथै यसमा हुने प्रोटिन, क्याल्सियम, म्याग्निज तथा फोस्फोरस जस्ता तत्वहरुले शरीरमा उर्जा प्रदान गर्दछ । 

अनारको सेवन : अनारमा आइरनको प्रचुर मात्रा हुने गर्दछ, जसले रातो रक्तकोषको कमीको कारण हुने थकान र कमजोरीमा राहत दिलाउन मद्दत गर्दछ । 

चुकन्दरको सेवन : चुकन्दर र यसको साग दुबैमा आइरनको भरपुर मात्रा हुने गर्दछ । यसले रक्तअल्पताका कारण हुने कमजोरीमा राहत दिलाउँछ । (एजेन्सी)