🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, महिला संयोजकमा रिसाल

काठमाडाैं ।  नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विश्वव्यापी प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई महिला समितिको संयोजकमा समेत चयन गरेको छ।

सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य एवं नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार एवं मधेशी आयोगकी सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्व अध्यक्ष सन्ध्या पहारी रहेका छन्।

च्याप्टरका महासचिव रमेश दाहालका अनुसार साहित्य, कला, संस्कृति तथा सामाजिक सेवामा अनुभव हासिल गरेका व्यक्तित्वलाई समेटेर समिति गठन गरिएको हो। समितिले च्याप्टरका आगामी कार्यक्रम र संस्थागत विकासमा सुझाव तथा मार्गदर्शन दिने अपेक्षा गरिएको छ।

सल्लाहकार के.सी. लामो समयदेखि चलचित्र तथा साहित्यका माध्यमबाट नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन्। नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी निर्वाह गरेका उनले चलचित्र विकास बोर्डको सदस्य तथा अनेसास केन्द्रीय संस्कृति समितिमा रहेरसमेत काम गरिसकेका छन्। हाल अनेसासका केन्द्रीय सदस्य रहेका के.सी.को ‘मौन आकाश’ कवितासङ्ग्रह प्रकाशित छ। उनका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

अर्की सल्लाहकार सुमार्गी साहित्य, समाजसेवा र व्यवसायमा संलग्न छन्। अनेसासकी आजीवन सदस्य उनले नेपाल च्याप्टरको संस्थागत विकासमा सहयोग गर्दै आएकी छन्। साहित्यिक अभिरुचिसँगै सामाजिक सेवामा सक्रिय उनका लेखरचना विभिन्न स्मारिका तथा पत्रपत्रिकामा प्रकाशित छन्।

वरिष्ठ साहित्यकार दाहाल कविता, महाकाव्य, आख्यान, नियात्रा र समालोचनामा क्रियाशील छन्। उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। ‘श्वेतपत्र’ महाकाव्य, ‘म त बन्दी भएको छु’ र ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासङ्ग्रह तथा ‘अहोरात्र’ उपन्यास उनका कृति हुन्।

दुई दर्जनभन्दा बढी कृतिमा भूमिका तथा समालोचना लेखेका दाहालको ‘सिर्जनामा दृष्टि’ भूमिका सङ्ग्रह पनि प्रकाशित छ। सन् २००४ देखि अनेसासको आजीवन सदस्य रहेका उनी संस्थाको बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध छन्।

सल्लाहकार साह साहित्यसँगै महिला अधिकारका क्षेत्रमा सक्रिय छन्। मधेशी आयोगकी सदस्य साहले मधेश क्षेत्रमा नेपाली भाषा तथा साहित्यसम्बन्धी सभा, गोष्ठी र साहित्यिक गतिविधिमार्फत भाषिक तथा सांस्कृतिक चेतना विस्तारमा योगदान दिँदै आएकी छन्। अनेसासकी आजीवन सदस्य उनका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

नेपाल च्याप्टरकी पूर्व अध्यक्ष पहारी हाल अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसँग सदस्यका रूपमा आबद्ध छिन्। विविध विधाका कृति प्रकाशित गरेकी उनले नेपाल प्रज्ञा–प्रतिष्ठानमा रहेरसमेत नेपाली भाषा र साहित्यको संवर्द्धनमा काम गरेकी थिइन्। उनी अनेसासमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको पहिचान विस्तार गर्ने अभियानमा सक्रिय छिन्।

महिला समिति संयोजकमा चयन भएकी रिसालको नेतृत्वमा समितिलाई छिट्टै पूर्णता दिने तयारी छ। महिला साहित्यकारको सिर्जनात्मक सहभागिता र नेतृत्व विस्तार गर्दै उनीहरूका प्रतिभा तथा आवाजलाई संस्थागत मञ्च उपलब्ध गराउने उद्देश्य राखिएको च्याप्टरले जनाएको छ।

महासचिव दाहालका अनुसार च्याप्टरले आगामी दिनमा विभिन्न विधागत समिति क्रमशः गठन गर्ने योजना बनाएको छ। ती समितिमार्फत साहित्यिक गतिविधि विस्तार गर्ने, प्रवास र मातृभूमिबीच सिर्जनात्मक सम्बन्ध बढाउने तथा नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्ने कार्यक्रम अघि बढाइनेछ।

सल्लाहकारहरूको अनुभव र सुझावलाई संस्थाका कार्यक्रमसँग जोडेर नेपाली सिर्जनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने च्याप्टरको लक्ष्य छ। भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा कार्यरत स्रष्टा तथा संस्थासँग सहकार्य गर्दै संरक्षण र प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउने योजना रहेको महासचिव दाहालले जानकारी दिए। नवगठित समितिबाट संस्थागत सहकार्य र साहित्यिक अभियानलाई गति मिल्ने च्याप्टरले अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *