🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आनी छोइङ डोल्माको अपिल : ‘मेरो विषयलाई लिएर जातीय र धार्मिक घृणा नफैलियोस्’

बदनियतबाट परिचालित भएर, पैसाको लोभलालचमा परेर अर्काको छवि ध्वस्त पार्छु भन्ने सोच बोकेर काम नगर्नुस् ।

काठमाडौं, ९ कात्तिक । आनी छोइङ डोल्माले आफ्नो सम्पत्ति, १८ करोड रुपैयाँ र नागरिकताबारे उठाइएका प्रश्नमा सम्बन्धित निकायबाट सत्यतथ्य बुझ्न आग्रह गरेकी छन् । ‘अत्यन्त जरुरी’ भन्दै जारी गरेको भिडियो सन्देशमा उनले आफ्नो समर्थन वा विरोधका नाममा कुनै जाति, समुदाय र सम्प्रदायलाई अपमान नगर्नसमेत अपिल गरेकी छन् ।

आफ्नो विषयलाई लिएर भइरहेका अभिव्यक्तिले जातीय तथा धार्मिक द्वन्द्व निम्त्याउन सक्ने संकेत देखिएको भन्दै उनले बोल्दा सजग र जिम्मेवार हुन आग्रह गरेकी हुन् ।

”यही विषय लिएर धेरै चर्चा गरिराख्नु पर्ने म देख्दै देख्दिन । यति धेरै भन्दा धेरै मान्हछेरूले मप्रति विश्वास मायाँ देखाउनु भएकाे छ। हजुरहरूकाे विश्वासमा म खराे उत्रिनेछु । कसैले मप्रति लान्छाना लगायाे, आराेप लगायाे भनेर म विचलित चाहिं भएकाे छैन । अलि कति दु:खी र चिन्तित चाहिं भएकी छु । आगामी दिनमा मैले आफ्नाे जिम्मेवारी पूरा गर्नका निम्ति चाहिं ठुलाबडाबाट आशीर्वाद पाउँ, उस्तै उमेरका छन् भने शुभेच्छा पाउँ।”

उनको भिडियो सन्देशको उपलब्ध उतारलाई कुनै विषय नछुटाई भाषिक सम्पादन गरिएको पूर्णपाठ :

“मेरो बारेमा १८ करोड रुपैयाँ र नागरिकताको प्रश्न उठाइएको छ । मेरो पक्षमा बोल्ने र मेरो रक्षा गर्ने क्रममा अन्य जातजातिलाई अपमान गर्ने, उनीहरूको आपराधिक छवि बनाउने कोसिस गर्ने काम हुनु हुँदैन । कुनै सम्प्रदाय वा जातिलाई बदनाम गर्ने, ठेस पुर्‍याउने तथा अपमानजनक शब्द र भाषा प्रयोग गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

मेरो कारणले कहीँकतै घृणा फैलिने र जातीय द्वन्द्व निम्तिने काम नहोस् । मैले त्यस्तो संकेत देख्दै छु । धेरै होस पुर्‍याउनुपर्छ, हजुर । यसले धार्मिक द्वन्द्व पनि फैलाउन सक्छ । सजग र सचेत भएर बोलिएन भने त्यस्तो अवस्था आउन सक्छ ।

मेरो सम्पत्तिका बारेमा मुद्दा परेको छ कि छैन भन्ने बुझ्न चाहनुहुन्छ भने सम्पत्ति शुद्धीकरण विभागमा गएर सत्यतथ्य बुझ्नुस् । पैसाका बारेमा बुझ्नु छ, प्रश्न छ भने नेपाल राष्ट्र बैंक नजिकै, बालुवाटारमा छ, त्यहाँ गएर बुझ्नुस् ।

मेरो नागरिकताको विषयमा बुझ्नु छ भने नागरिकता बनाउने हाम्रो देशको जिम्मेवार निकाय छ । त्यहाँ पनि गएर खोजतलास गर्नुस्, सत्यतथ्य राम्ररी बुझ्नुस् । बुझेर काम गर्नुस् । यसरी अनायासै समय र शक्ति नाश नगर्नुस् ।

बदनियतबाट परिचालित भएर, पैसाको लोभलालचमा परेर अर्काको छवि ध्वस्त पार्छु भन्ने सोच बोकेर काम नगर्नुस् ।

हो, एकछिनका लागि पैसा त आउला । मासुभात खाउँला, दसैँ–तिहार रमाइलो होला । आफू, आफ्ना आफन्त, छोराछोरी, श्रीमती, आमा–बुबा सबैलाई कोसेली किन्न सकिएला । तर, तपाईंले गैरजिम्मेवार भएर गरेको क्रियाकलापका कारण पछि कुनै ठूलो अप्रिय घटना घट्यो भने त्यसको पाप तपाईंले सधैँ भोग्नुपर्छ, हजुर ।

सामाजिक सञ्जाल धेरै हेरिरहने एकदमै सोझासाझा नेपालीहरूको दिमाग र मनमा गलत कुरा तथा अफवाह फैलाउनु ठीक होइन, हजुर । उहाँहरूको मनमा पनि पाप जाग्छ । मप्रति प्रश्न वा रिस उठ्छ । रिसको झोँकमा नराम्रा अपशब्द बोल्नुहोला ।

मेरो रक्षामा पनि मानिसहरू उत्रिरहनुभएको छ । उहाँहरू पनि रिसाउनुहोला । यसरी एकअर्काबीच झगडा निम्त्याउने काम नहोस् ।

”म यही मेराे आफ्नै देशमा बसेर सेवा गर्छु । आफ्नो साधना पनि यहीँ गर्छु । बुद्ध जन्मिएको पवित्र भूमिमा मेरो जन्म भएको छ, यो मेरो सौभाग्य हो, मेराे धर्म, कर्म यहीँ गर्छु, यही देशमा मर्न पाउँ भनेर भन्ने साेचेर बसिरहेकाे मानिस म ।”

”यही विषय लिएर धेरै चर्चा गरिराख्नु पर्ने म देख्दै देख्दिन । यति धेरै भन्दा धेरै मान्हछेरूले मप्रति विश्वास मायाँ देखाउनु भएकाे छ। हजुरहरूकाे विश्वासमा म खराे उत्रिनेछु । कसैले मप्रति लान्छाना लगायाे, आराेप लगायाे भनेर म विचलित चाहिं भएकाे छैन । अलि कति दु:खी र चिन्तित चाहिं भएकी छु । आगामी दिनमा मैले आफ्नाे जिम्मेवारी पूरा गर्नका निम्ति चाहिं ठुलाबडाबाट आशीर्वाद पाउँ, उस्तै उमेरका छन् भने शुभेच्छा पाउँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *