🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रणालीमाथि प्रश्न नउठोस् भन्ने कुरा होः सांसद परियार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदको जडताले प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् ।  सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकसंगको छलफल पछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले, सत्ता पक्ष र प्रतिपक्ष दल सदन खुलाउने विषयमा गम्भीर नभएको र आफूले जडता त्याग्न आग्रह गरेको बताए । 

‘अस्ति जहाँ अड्केको थियो कुरा त्यँही छ । सत्ता पक्षको कुरा पनि त्यही हो । प्रतिपक्षको कुरा त झन अझ बलियोसंग हामी प्रस्तुत हुन्छौ भन्ने उहाँहरुको कुरा छ ।’ उनले भने‘तपाईहरुको यो खालको जडताले सदनलाई जुन खालको बन्दि बनाएको छ । यसले राम्रो गरेको छैन् । सदनमा अन्य दलहरु पनि छन् ।  सदनको जनमत हेर्ने हो भने तपाईहरुले जनताको जनमत पनि बुझ्नु भएन् ।

हामी त हिजो पनि जनताबाट आएका हौँ आजपनि जनता माझ गएर बोलौँला तर कुरा के हो भने यो प्रणाली माथि प्रश्न नउठोस् भन्ने कुरा मैले राखेँ । ’ पछिल्ला गतिविधिहरुले तत्काल सदन खुल्ने सम्भावना भने न्यून रहेको उनको भनाई छ ।