झापा, २ भदौ । मेची नदीमा डुबेर एक १३ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-६ स्थित भानुनगर निवासी विनोद महतोको १३ वर्षीय छोरा शिव महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बालक महतो अन्य दुईजना साथीहरूसँगै शनिबार दिउँसो ३ मेची नदीमा पौडी खेल्न गएकोमा भद्रपुर नगरपालिका-५ देवीबस्तीको तटबन्ध नजिकै पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो । उनीसँगै अर्का बालक पनि डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरेका थिए ।
वडा प्रहरी कार्यालय भद्रपुरको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी बालकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।



