काठमाडौं । क्षितिज नाट्य प्रतिष्ठानले, बहुजातीय साँस्कृतिक संग्रहालय र नाट्य कला मन्दिर निर्माणका लागि सरकारसंग एक थान इट्टा माग गरेको छ । प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै, पूर्वीय संस्कार, संस्कति र रितिरिवाज बचाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको संग्राहलय निर्माणका लागि सरकारसंग एक थान इट्टा माग गरेको हो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष माधव कल्पितले, एयरपोर्टबाट टन का टन सुनका इट्टा भित्र्याउने सरकारसंग पूर्वीय संस्कार र संस्कृतिको जर्गेनाका लागि ध्यानाकर्षण गराउँदै एक थान इट्टा माग्न काठमाडौं आएको बताए । पश्चिमेली संस्कृतिबाट पुर्वीय संस्कृतिलाई जोगाउन हरेक नागरिकसंग १ थान इट्टा अभियान गरेको प्रतिष्ठानले सरकार पूर्वीय संस्कार र संस्कृतिको संरक्षणमा वेखबर बनेकोले अभियान थालिएको अध्यक्ष कल्पितले बताए ।
सुबिधा सम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने पवित्र महान र ऐतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकहरका घर आँगनमा पुगेर एकथान इट्टा अभियान चलाइएको उनको भनाई छ ।



